काठमाडौँ- इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ९९९ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।
यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ । त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ । सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।
“पुराना ग्राहकहरूका लागि अन्य थुप्रै अफर समेत उपलब्ध छन्, त्यसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा पुग्नुपर्ने छ,” कम्पनीले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।