काठमाडौं - नागरिकता विधेयक अस्वीकार गरेर सरकारलाई च्यालेन्ज गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी सुटुक्क चिनियाँ सैन्य गठबन्धनको बैठकमा सहभागी हुँदैछिन् ।
नेपालले कुनै प्रकारको सैन्य गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ । तर नेपालको स्थापित मान्यताबिपरीत र सरकारको अनुमतिबेगर राष्ट्रपति भण्डारीले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसई) बैठकमा भाग लिने भएकी छन् ।
बुधबार चीनको बेइजिङमा हुने भर्चुअल बैठकमा भण्डारी सहभागी हुने स्रोतले बतायो । हालै नेपाल भ्रमणमा आएका चिनियाँ तेस्रो वरीयताका नेता ली चोनसुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासमक्ष जिएसआईबारे छलफल गरेका थिए । तर प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काले नेपालको संविधानले नचिन्ने जिएसआईमा सहभागी नहुने प्रस्ट पारेका थिए ।
तर, चीनले एमाले नेतृत्वलाई हातमा लिएर राष्ट्रपतिलाई सो सैन्य गठबन्धनमा सहभागी गराएको स्रोतको भनाइ छ । गत अप्रिलमा बोआओ सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिन पिङले जिएसआई अवधारणा अघि सारेका थिए ।
चीनले सो सैन्य गठबन्धनमा सहभागी हुन नेपाललाई दबाब दिँदै आएको छ । तर, नेपालले त्यसलाई ठाडै अस्वीकार गरेका बेला राष्ट्रपति भण्डारीले किन र कुन स्वार्थका लागि चिनियाँ सैन्य गठबन्धनको बैठकमा भाग लिन लागेकी हुन् भन्ने खुलेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।