आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिकोत्सव सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिकोत्सव सम्पन्न

  • मिडिया डबली
  • मंगलवार, आश्विन ४ २०७९

  • 2.0K
    SHARES

  • सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिकोत्सव सम्पन्न

    चितवन– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए।

    चितवनको सौराहामा असोज १ गते देखि २ गते सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरीमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।

    यसरी सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरेलाई सिइओ खड्काले अवार्डसहित सम्मानित गरेका थिए। त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका छन्।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।

    यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता घोषित भएका छन् कमलप्रसाद घिमिरे (बुटवल) र भक्त बहादुर राई (जोरपाटी) फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका छन्।

    त्यस्तै देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएका छन् भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका छन्।

    कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यावसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो।

    उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरेको थियो। दुई विधाबाट पुरस्कृत भएका बुटवल शाखाका कमलप्रसाद घिमिरेले कम्पनीले आफ्नो कामप्रतिको लगावलाई पहिचान गरी सम्मानित गरेकोमा अझै काम गर्ने प्रेरणा मिलेको बताए। त्यस्तै उपेन्द्र राईले कर्मचारी र अभिकर्ताहरुको सहकार्यबाट नै कम्पनीलाई उत्कृष्ट बनाउन सकिने बताए।

    त्यस्तै अभिकर्ता संघका अध्यक्षसमेत रहेका अर्का विजेता रामबहादुर तामाङले यस किसिमको सम्मानले अभिकर्ताहरुमा हौसला बढ्ने बताउँदै कम्पनीले देशैभरका अभिकर्ताहरुलाई सम्मानित गर्नुपर्ने बताए।

    साथै कार्यक्रममा पुरस्कृतहरुलाई सिइओ खड्काले बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा अन्य एजेन्सी म्यानेजर, अभिकर्ता एवं कर्मचारीहरुले अझै उत्कृष्ट काम गर्ने अपेक्षा आफूले लिएकोसमेत बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३० २०७९०५:०२:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend