आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ऋतिक रोशन र सैफ अली खानको फिल्म ‘विक्रम वेधा’ सय बढी देशमा एकसाथ प्रदर्शनमा आउने

ऋतिक रोशन र सैफ अली खानको फिल्म ‘विक्रम वेधा’ सय बढी देशमा एकसाथ प्रदर्शनमा आउने

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३१ २०७९

  • 3.4K
    SHARES

  • ऋतिक रोशन र सैफ अली खानको फिल्म ‘विक्रम वेधा’ सय बढी देशमा एकसाथ प्रदर्शनमा आउने

    मुम्बई - बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खानको फिल्म ‘विक्रम वेधा’ विश्वका सय बढी देशबाट एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म भारतका अलावा उत्तरी अमेरिका, ब्रिटेन, मध्य पूर्व र अस्ट्रेलिया तथा न्यूजील्याण्डसहित कैयौं देशमा सेप्टेम्बर ३० मा रिलिज हुने बताइएको छ ।

    फिल्म यूरोपका २२ देश र अफ्रिका तथा ल्याटिन अमेरिकाका २७ देशमा रिलिज हुँदैछ । जसमा जापान, रुस, पनामा र पेरु छन् । यो फिल्म सन् २०१७ को तमिल हिट फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेक हो ।

    तमिल भर्सनको निर्देशन लेखक तथा निर्देशक पुष्कर र गायत्रीले गरेका थिए । फिल्ममा आर माधवन र विजय सेतुपतिको अभिनय थियो ।

    यो भारतीय लोककथा ‘विक्रम और बेताल’ मा आधारित एक्सन थ्रिलर फिल्म हो । फिल्मले एक प्रहरी अधिकारी विक्रम (सैफ) को कथा बोल्छ, जो एक समान रुपले प्रख्यात ग्याङ्स्टार वेधा (ऋतिक) लाई पक्रन र मार्न निस्किएको हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ३१ २०७९१२:३१:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend