आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवाले फेरे सम्पत्ति शुद्धिकरण विभागका हाकिम, के हो कारण?

प्रधानमन्त्री देउवाले फेरे सम्पत्ति शुद्धिकरण विभागका हाकिम, के हो कारण?

  • मिडिया डबली
  • बुधवार, भाद्र २९ २०७९

  • 4.7K
    SHARES

  • प्रधानमन्त्री देउवाले फेरे सम्पत्ति शुद्धिकरण विभागका हाकिम, के हो कारण?

    काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धिकरण विभागका हाकिम फेरेका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ। विभागमा रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

    अधिकारी हालसालै मात्र पर्यटन विभागको महानिर्देशकबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । भदौ ५ गते मात्र उनको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो। अधिकारीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वर्ष काम गरेका थिए ।

    प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव भट्टराई हाल गैरकानुनी आम्दानी र स्रोतमाथि नियन्त्रण गर्न भइरहेका प्रयासबारेको गोष्ठीमा सहभागीका लागि सिंगापुरमा रहेका छन् । राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागमा प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेप रहने गर्छ । यी दुवै निकाय प्रधानमन्त्री कार्यालय मातहत रहन्छन् । केही वर्षअघि यी दुवै कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend