विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।
सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएपछि उनले को १ झ ६५४ नम्बरको गाडी सोमबार बुझाएका हुन् ।
प्रदेशसभा सचिवालयले संसदीय दलका नेताहरुलाई सरकारी गाडी उपलब्ध गराएको थियो । कोइरालाले निर्वाचनपूर्व समानुपातिक मनोनयनसंगै पद रिक्त हुने विषय बाहिर आएकाले सरकारी सवारी साधन जिम्मा लगाएको जानकारी दिए ।
कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन् । उनीसँगै सो क्षेत्रबाट संघीय सांसद सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुंगानाको नाम पनि सिफारिस भएको छ । अघिल्लोपटक पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताउँदै उनले मंसिर ४ गतेको निर्वाचनमा पनि पार्टीले न्याय गर्ने बताए ।
कोइराला २०७४ सालको प्रदेश सभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट विजयी भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।