आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बरु महाअभियोग फेस गर्ने, तर नागरिकता विधेयक प्रमाणीकरण नगर्ने मुडमा राष्ट्रपति

बरु महाअभियोग फेस गर्ने, तर नागरिकता विधेयक प्रमाणीकरण नगर्ने मुडमा राष्ट्रपति

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २४ २०७९

  • 5.8K
    SHARES

  • बरु महाअभियोग फेस गर्ने, तर नागरिकता विधेयक प्रमाणीकरण नगर्ने मुडमा राष्ट्रपति

    काठमाडौं - प्रतिनिधिसभाको कार्यकाल असोज २ गते सकिँदैछ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज २ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएपछि प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।

    त्यसअघि नै प्रतिनिधिसभाले गर्नुपर्ने काम धेरै छन् । यसमध्येकै नागरिकता विधेयक पनि एक हो । संघीय संंसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले बहुमतले पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको नागरिकता विधेयक अहिलेसम्म होल्डमै छ ।

    संविधानमा आफूकहाँ प्रमाणीकरणका लागि आएका कुनै पनि विधेयक राष्ट्रपतिले १५ दिनसम्म होल्ड गर्नसक्ने व्यवस्था छ । त्यसैले त्यो सुविधाको उपयोग गर्दै अहिले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयकबारे विभिन्न पक्षसँग छलफलमा लागेकी छन् ।

    बिहीबार मात्र उनले पूर्वआईजी एवं सुरक्षाकर्मीहरूसँग शीतल निवासमा छलफल गरेकी थिइन् । पहिले पनि उनले विधेयकबारे विभिन्न पक्षसँग राय परामर्श लिएर प्रमाणीकरण नगरी प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

    यसपटक पनि उनले विधेयक प्रमाणीकरण नगरी होल्डमै राख्ने नियत देखाएकी छन् । संविधान संशोधन नगरी विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको मनस्थिति रहेको उनका राजनीतिक सल्लाहकार लालबाबु यादवले बताएका छन् ।

    उनले संविधानसँग बाझिएको नागरिकता विधेयक प्रमाणीकरण हुनै नसक्ने बताएका छन् । ‘राष्ट्रपतिले जे जे कुरामा सरोकार राख्नुभएको थियो, त्यसमा सुशासन समितिमा पनि छलफल भएन । संसदमा छलफल भएन ।

    संविधान र नागरिकता विधेयक बाझिएको कुरा नागरिक समाज, कानुन व्यवसायी, पूर्व सुरक्षा अधिकारीहरुले परामर्श दिइरहनुभएको छ,’ बिहीबार एउटा रेडियोलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन् । संविधान संशोधन नभएसम्म राष्ट्रपतिले नागरिक विधेयक प्रमाणीकरण गर्न नहुने उनको भनाइ छ । ‘राष्ट्रपति संविधानको संरक्षक र पालक हो ।

    उहाँ संविधान बाहिर जाने ठाउँ छैन । राष्ट्रपतिले राजीनामा दिनुहुन्न । राजीनामा दिनुपर्ने कुनै कारण छैन । प्रमाणीकरण पनि गर्नहुन्न । बरु संसद्ले महाअभियोग लगाउँछ भने फेस गर्नुपर्छ,’ यादवको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend