आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसलाई ‘२३ सिटे’ भन्ने माधव नेपालको पार्टीमा जात्रा, चुनावसम्म हैसियत देखिने

कांग्रेसलाई ‘२३ सिटे’ भन्ने माधव नेपालको पार्टीमा जात्रा, चुनावसम्म हैसियत देखिने

  • मिडिया डबली
  • बुधवार, भाद्र २२ २०७९

  • 6.7K
    SHARES

  • कांग्रेसलाई ‘२३ सिटे’ भन्ने माधव नेपालको पार्टीमा जात्रा, चुनावसम्म हैसियत देखिने

    काठमाडौं - केही दिनअघि एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई ‘२३ सिटे’ भनेर भाषण गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

    गत निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो । आगामी निर्वाचनमा कांग्रेसले ९० सिटको बटमलाइन प्रस्तुत गर्दै आएको छ । तर, कांग्रेसलाई त्यति सिट दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तयार छैनन् ।

    त्यही भएर माधवले कांग्रेसलाई ‘२३ सिटेले ठूलो भाग नखोजे हुन्छ’ भन्दै आएका छन् । तर कांग्रेसलाई बाहिर बाहिर धारे हात लगाउने माधव नेपालको पार्टीमै गाईजात्रा देखिएको छ ।

    काठमाडौं ८ मा टिकटका दाबेदार जीवनराम श्रेष्ठ सेक्युरिटी गार्डलाई थुनाएर बदनाम भएका छन् । लाइनमा बस्न गरेको आग्रहलाई आफ्नो प्रतिष्ठा गिरेको भन्दै पर्यटनमन्त्री श्रेष्ठले सेक्युरिटी गार्ड शेरजंग कुँवरलाई शक्ति प्रयोग गरेर थुनाएका थिए ।

    जसले उनको मात्र बदनाम भएन, एकीकृत समाजवादी पार्टीकै हुर्मत लियो । यो काण्डले श्रेष्ठ आगामी निर्वाचनमा पत्तासाफ हुने आकलन गरिएको छ । उता एकीकृत समाजवादीको गुल्मी जिल्ला कार्यसमिति नै एमालेमा विलय भएको छ ।

    गुल्मीबाट रामकुमारी झाँक्री उठ्ने बताउँदै आएकी छन् । तर, पार्टीको जिल्ला कार्यसमिति नै एमालेमा विलय भएपछि गुल्मीमा माधवको पार्टी शून्य अवस्थामा पुगेको छ । केही दिनअघि मात्रै एकीकृत समाजवादी सर्लाहीका अध्यक्षसहित प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका छन् । अब सर्लाहीमा एकीकृत समाजवादीको बीउ खोज्नुपर्ने अवस्था आएको छ ।

    एमाले अध्यक्ष केपी ओली अहिले एकीकृत समाजवादीलाई ‘हाफ’ बनाउने अभियानमा छन् । त्यसैले उनले हालै एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्ष करवीर चौधरी, तारा लामासहितलाई एमाले प्रवेश गराए ।

    माधव नेपाल प्रचण्डको पार्टीमा मर्ज हुने संकेत देखिएपछि अहिले धमाधम एकीकृत समाजवादीका नेता कार्यकर्ता एमालेतिरै फर्किन थालेका छन् । यस्तै अवस्था रहिरहे आगामी मंसिरसम्म माधव नेपालको हैसियत एक सिटे पनि नरहने विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७१०:१५:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend