काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता जारी छ ।
भदौ २६ गते डाकिएकोस्थायी समिति बैठकका लागि एजेन्डा तय गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो । साउन १३ गतेदेखि पटक–पटक स्थगित भएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि पार्टीमा विवाद उत्पन्न भई बैठक स्थगित भएको थियो । विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले प्रतिवेदन बुझाएपछि स्थायी समिति बैठक बस्ने वातावरण तयार भएको हो ।
तर, ओली र प्रचण्डबीच भएको सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन् । उनले १५ बुँदे नोट अफ डिसेन्ट लेखेपछि ओली र प्रचण्ड तनावमा परेका छन् । जबकि स्थायी कमिटीमा माधव नेपाल पनि राम्रै पोजिसनमा छन् ।
ओली र प्रचण्डबीच सहमति हुँदैमा नेकपाको विवाद मिल्छ भन्ने ग्यारेन्टी पनि छैन । ओली र प्रचण्डले बालुवाटारमा माधव नेपाललार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई पनि राखेर छलफल गर्ने हो भने मात्र निकास निस्कने नेताहरु बताउँछन् । तर, बालुवाटार बैठकमा माधव नेपाललाई ढिम्किन दिइँदैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।