काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तसहित तीन आयुक्त खाली भएका छन् ।
सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियारमा कसलाई पठाउने भन्ने विषयमा गृहकार्य सुरु गरिसकेका छन् ।
तर यतिबेला नेतापिच्छेका नाम अख्तियारमा आयुक्तका लागि चर्चामा आएको छ । प्रधानमन्त्री केपी ओली पूर्वसचिव प्रेमकुमार राईको पक्षमा देखिएका छन् ।
तर, सोही पार्टीका महासचिव विष्णु पौडेलले राईलाई बनाउन नहुने भन्दै लबिङ गरिरहेका छन् । नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका वरिष्ठ नेता माधव नेपाल पनि राईसँग नकारात्मक रहेको बताइन्छ।
ललिता निवास जग्गा प्रकरण राईकै कारण बाहिर आएको र त्यसमा आफ्नो बदनाम भएकाले पनि नेपाल र पौडेल उनको पक्षमा नभएको बुझिएको छ ।
पौडेलले वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रमुख आयुक्त बनाउन पाए आफूअनुकूल निर्णय गर्नसकिने ध्येय राखेका छन् । यस्तै, हाइड्रो माफिया दीपक भट्ट भने पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई प्रमुख आयुक्त बनाउन लबिङ गरिरहेका छन् ।
श्रेत्री पूर्वऊर्जासचिव पनि हुन् । जलमाफियासँग क्षेत्रीको राम्रो बसउठ रहेको बताइन्छ । दीपक भट्टले दाजु सुशील भट्टलाई लगानी बोर्डको सीइओ बनाउन सफल भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।