काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूलाई बडो चरित्रवान नेता ठान्छन् । उनका हरेक भाषण र अभिव्यक्ति त्यस्तै हुन्छ ।
तर, उनका पार्टीका मन्त्रीहरू भने प्रायः सबै विवादमा आइरहेका हुन्छन् । यसअघिका प्रेम आले हुन् कि विरोध खतिवडा केही न केही काण्डमा विवादमा आएकै हुन् ।
तर उनले पछि मन्त्री बनाएका पनि धमाधम विवादमा आइरहेका छन् । त्यसमध्ये पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र श्रममन्त्री शेरबहादुर कुँवर चर्चामा छन् । मन्त्री श्रेष्ठले सेक्युरिटी गार्ड शेरजंग कुँवरलाई थुनामा पठाएर आफूलाई बडो शक्तिशाली व्यक्ति भएको भनेर चिनाएका छन् ।
छायाँ सेन्टरमा रहेको भिसा सेन्टरमा जाने बेला आफूलाई लाइनमा बस्न आग्रह गर्ने सेक्युरिटी कुँवरलाई मन्त्री श्रेष्ठले थुनामा पठाएका थिए । तर, चौतर्फी आलोचना र विरोध भएपछि बाध्य भएर कुँवरलाई रिहा गरिएको छ ।
यस्तै, पछिल्लो समय ‘हीरा लुट्ने काण्ड’ मा पक्राउ परेका पत्रकार सुरज आचार्यको बर्थ डेमा श्रममन्त्री शेरबहादुर कुँवर प्रमुख अतिथि भएको र केक काटेको भिडियो भाइरल बनेको छ ।
हीरा लुट्ने काण्डमा आचार्य दुई वर्षअघि जेल परेका थिए । पछिल्लो समय उनी सात करोड बार्गेनिङ गरेको काण्डमा पनि सात महिना हिरासतमा परेर छुटेका हुन् । तर तिनै विवादास्पद व्यक्तिको बर्थ डेमा गएर माधव नेपालका मन्त्री कुँवरले पदको हुर्मत लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।