सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

एमालेको प्रहारमा परेका रामवीर मानन्धर कांग्रेस प्रवेश गर्ने सम्भावना कति ?

एमालेको प्रहारमा परेका रामवीर मानन्धर कांग्रेस प्रवेश गर्ने सम्भावना कति ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १६ २०७९

  • 20.1K
    SHARES

  • एमालेको प्रहारमा परेका रामवीर मानन्धर कांग्रेस प्रवेश गर्ने सम्भावना कति ?

    काठमाडौं - स्थानीय तहको निर्वाचनअघि काठमाडौं ७ बाट निर्वाचित एमाले सांसद रामवीर मानन्धर निकै चर्चामा आए ।

    उनी चर्चामा आउनुको कारण थियो एमालेले महानगर प्रमुखको उम्मेदवार चयन गर्दा आफूसँग कुनै सल्लाह वा सुझाव नमागेको । एमालेले केशव स्थापितलाई महानगर प्रमुखको उम्मेदवार बनाएपछि उनी निकै आक्रोशित बने ।

    उनले एमालेले काठमाडौंमा मेयर मात्र होइन, वडाध्यक्ष पनि थुप्रै गुमाउँदैछ भनेर मिडियामा अन्तर्वार्ता दिए । एमाले नेतृत्वको जमेर आलोचना मात्र गरेनन्, त्यहीबेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । मानन्धर आफैं पनि महानगर प्रमुखको उम्मेदवारका आकांक्षी थिए । उनको काठमाडौंमा राम्रै पकड छ ।

    तर, एमाले नेतृत्वले त्यहीबेलादेखि उनीमाथि डोजर लगाउन सुरु गर्यो । पार्टी नेतृत्वको कोपभाजनको सिकार बनेका रामवीर अहिले निकै असमञ्जसमा परेका छन् । एमाले काठमाडौंले उनलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफारिस नै गरेन ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट दुईपटक जितेका मानन्धर यसपटक सिफारिसमा नपरेपछि एमाले काठमाडौंमा तरंग सिर्जना भएको छ । ७ बाट इन्दिरा पन्त, बिपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस सूचीमा छ।

    विगतमा रघुजी पन्तले ललितपुर ७ बाट चुनाव जितेका थिए । माधव नेपाललाई अन्तिम समयमा आएर धोका दिएका उनलाई केपी ओलीले नाम सिफारिस गर्न लगाएर थुमथुम्याएका छन् । तर, टिकट कसले पाउने भन्ने निश्चित छैन ।

    पार्टीबाटै अपहेलित भएपछि रामवीर मानन्धर अब एमालेमै बस्छन् कि नेपाली कांग्रेस वा एकीकृत समाजवादीमध्ये कुन दलमा प्रवेश गर्लान् भन्ने सर्वत्र चासो छ ।

    हुन त काठमाडौं ७ मा नेपाली कांग्रेसमा सशक्त युवा नेताहरू नभएका होइनन्, तर यदि रामवीर चुनाव लड्ने सर्तमा पार्टी प्रवेश गरेमा आश्चर्य नमाने हुने कांग्रेस नेताहरू बताउँछन् । किनभने पछिल्लो समय उनको कांग्रेस नेता प्रकाशमान सिंहसँग राम्रो सम्बन्ध छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २१ २०७९११:३२:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend