काठमाडौं - नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री रामवीर मानन्धरले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
पछिल्लो समय एमालेसँग असन्तुष्ट रहेका उनले स्थानीय तहको निर्वाचनको मुखमै देउवासँग भेटेका हुन्। उनले काठमाडौं महानगरमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्।
उनले केही समय अघि बालुवाटार पुगेर देउवासँग भेट गरेका थिए। मानन्धरलाई कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री देउवासँग भेट गराएका थिए।
त्यसयता उनले एमालेका केशव स्थापितलाई भोट मागेका छैनन्। बरु काठमाडौंमा एमालेको पत्तासाफ हुने अभिव्यक्ति दिइरहेका छन्।
काठमाडौं महानगरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह प्रमुख र जसपाका रामेश्वर श्रेष्ठ उपप्रमुख पदका उम्मेदवार छन्। पछिल्लो समय राजनीतिक वृत्तमा उनी कांग्रेस प्रवेश गर्ने चर्चा समेत भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।