आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवालाई फेरि प्रधानमन्त्री बन्न राष्ट्रपतिले दिइन् शुभकामना

देउवालाई फेरि प्रधानमन्त्री बन्न राष्ट्रपतिले दिइन् शुभकामना

  • मिडिया डबली
  • मंगलवार, भाद्र १४ २०७९

  • 4.5K
    SHARES

  • देउवालाई फेरि प्रधानमन्त्री बन्न राष्ट्रपतिले दिइन् शुभकामना

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच एक वर्षअघिको जस्तो तिक्ततापूर्ण सम्बन्ध यतिबेला छैन । कुनै पनि विषयलाई धेरै गम्भीर रूपमा नलिने र मनमा इख नपाल्ने भएकाले पनि देउवा राष्ट्रपति भण्डारीसँग त्यति रिसाएका छैनन् ।

    गत वर्षको असारमा केपी ओली र देउवामध्ये कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा भण्डारी द्विविधामा थिइन् । त्यसबेला देउवासँग बहुमत नपुगेको भन्दै भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । जसकारण केही समय देउवा रिसाएका पनि थिए । तर, अहिले भने नागरिकता विधेयकको विषयमा भण्डारीसँग सामान्य असन्तुष्टिबाहेक देउवाको कुनै गुनासो छैन ।

    सोमबार राष्ट्रपति भण्डारीले आमन्त्रण गरेपछि देउवा, कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा शीतल निवास पुगेका थिए । तीनै नेताले नागरिकता विधेयकबारे राष्ट्रपतिलाई कन्भिन्स गरेका थिए । शीतल निवास पुगेलगत्तै राष्ट्रपति भण्डारीले निर्वाचन घोषणा गरेकामा प्रधानमन्त्री देउवालाई बधाई दिएकी थिइन्। प्रधानमन्त्रीले मंसिर ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनाव सम्पन्न गर्न सरकार दृढ रहेर सोहीअनुसार काम अघि बढिरहेको बताएका थिए।

    त्यसपछि राष्ट्रपति भण्डारीले चुनावका लागि ठूलो दल हुने गरी विजयी हासिल गर्न पनि कांग्रेस सभापति देउवासहितका नेतालाई शुभकामना दिएको सहभागी एक नेताले जानकारी दिए। राष्ट्रपतिले चुनाव जितेर फेरि पनि प्रधानमन्त्री बन्न देउवालाई शुभकामना दिएकी थिइन्। ‘देउवाजी तपाईं त चुनाव सम्पन्न गर्न माहिर हुनुहुन्छ। यसपटक पनि चुनाव जितेर फेरि प्रधानमन्त्री बन्नुहोला,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै कांग्रेस नेताले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend