आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रपति भण्डारीको राजीनामा दिने धम्की सेलायो, नागरिकता विधेयक दराजमा थन्काउने

राष्ट्रपति भण्डारीको राजीनामा दिने धम्की सेलायो, नागरिकता विधेयक दराजमा थन्काउने

  • मिडिया डबली
  • आइतवार, भाद्र १२ २०७९

  • 5.4K
    SHARES

  • राष्ट्रपति भण्डारीको राजीनामा दिने धम्की सेलायो, नागरिकता विधेयक दराजमा थन्काउने

    काठमाडौं - नागरिकता विधेयक प्रमाणीकरण नगरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने धम्की सेलाएको छ ।

    केही मण्डले कानुन व्यवसायी र पूर्वजर्नेलको सल्लाहमा राजीनामा दिने धम्की दिएकी भण्डारी अहिले मौन छिन् । शनिबार साँझ उनले लोसपाका नेताहरूलाई शीतल निवास बोलाएर नागरिकता विधेयकबारे छलफल गरिन् ।

    उनले आफूले संविधानअनुसार कदम चालेको भन्दै विधेयक प्रमाणीकरण नगर्ने संकेत दिएकी छन् । शीतल निवास बैठकमा सहभागी एक नेताका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिलाई कुनै एक दलको प्रवक्ता नबन्न र विधेयक प्रमाणीकरण गरेर तराई मधेसका लाखौं नागरिकताविहीन नागरिकलाई नागरिकता दिलाउन सहयोगीको भूमिका खेलिदिन आग्रह गरेका थिए ।

    तर, राष्ट्रपतिले आफ्नो कुनै स्वार्थ नरहेको भन्दै कुरा चपाएर बोलेकी थिइन् । उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने संकेत गरिन् । उनको भनाइ थियो, ‘नागरिकता विधेयकमा मेरो कुनै स्वार्थ छैन । संविधान र कानुनले दिएको अधिकार प्रयोग गरेकी हुँ ।’

    स्रोतलका अनुसार राष्ट्रपति भण्डारी राजीनामाको मुडबाट पछि हटिसकेकी छन् । एमाले सांसद र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई प्रयोग गरेर विधेयक पारित हुन नदिई लम्ब्याउने, यदि पारित भई प्रमाणीकरणका लागि आएमा दराजमा थन्क्याउने शीतल निवासको तयारी छ ।

    एमाले शीर्ष तहबाट पनि यस्तै सुझाव आएको बुझिएको छ । यदि नागरिकता विधेयक प्रमाणीकरण नगरेको र दराजमा थन्क्याएको भन्दै सत्तारुढ गठबन्धन महाअभियोगको विकल्पमा लागे चुनावको मुखमा एमालेलाई ठूलो मुद्दा बन्ने भन्दै एमाले नेताहरू दंग देखिएका छन् ।

    तर, नागरिकता विधेयक प्रमाणीकरण नगर्दा एमालेलाई तराई मधेसका जिल्लाबाट भोट आउँदैन भन्ने उनीहरूले बुझ्न सकेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend