काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। गिरीको आज शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
सांसदसमेत रहेका गिरीको शव भोलि आइतबार बिहान मेडिसिटी अस्पतालमा र दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। त्यसपछि भोलि नै गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा हुनेछ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।