आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोली सार्वजनिक विदा, तर खुल्नेछ यो कार्यालय  

भोली सार्वजनिक विदा, तर खुल्नेछ यो कार्यालय  

  • मिडिया डबली
  • बिहिवार, भाद्र २ २०७९

  • 3.8K
    SHARES

  • भोली सार्वजनिक विदा, तर खुल्नेछ यो कार्यालय  

    काठमाडौं । सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुल्ला रहने भएका छन् । आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै आयोगले बिदाको दिन पनि कार्यालय खुल्ला रहने जनाएको हो ।

    स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सार्वजनिक बिदाको दिनमासमेत आयोग खुल्ला रहने बताइएको छ ।

    यस्तो गर्दा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्य नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा कार्यसम्पादन गर्न सहज हुने आयोगको विश्वास छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचन आयोगको सचिवालय, ७ वटै प्रदेश निर्वाचन कार्यालय र ७० वटै जिल्ला निर्वाचन कार्यालय प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनमासमेत खुला रहने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend