आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 7.7K
    SHARES

  • आज सार्वजनिक बिदा

    काठमाडौं – आज पुस २७ गते सोमबार परेको पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विजय प्राप्त गरेका स्थानीय तहहरू कचनकवल र हल्दिवारी गाउँपालिकाले बिदा दिने निर्णय गरेका छन् ।

    यी दुवै गाउँपालिकाले सदाझैं यसवर्ष पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको समाचारले हर्षित र गौरवान्वित भएको राप्रपा नेता राजेन्द्र लिङ्देनले ट्विटरमा लेखेका थिए ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले पनि पृथ्वी जयन्तीका अवसरमा सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमवार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय भएको सुवेदीले बताए ।

    राप्रपाले पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने माग गरेपनि संघीय सरकारले भने सार्वजनिक बिदा हटाएको छ । पृथ्वी जयन्तीलाई नेपाली सेना र राष्ट्रवादी शक्तिहरूले भव्यताका साथ मनाउने गरेका छन् ।

    नेपालमा कम्युनिस्ट शक्तिको उदय र राजतन्त्रको अन्त्यसँगै सरकारी स्तरबाट गरिने कार्यक्रम भने रोकिएका छन् । तर कतिपय कम्युनिस्ट नेताले पृथ्वीनारायण शाहको योगदानलाई सम्झिने गरेका छन् ।

    काठमाडौंमा आईतबार आयोजित एक कार्यक्रममा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आमनेपालीले गर्व गर्न लायक अभिभावक भएको जनाएका छन् ।

    पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ का अवसरमा आईतबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने जनाएका छन् ।

    मन्त्री ढकालले राष्ट्रलाई चीरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औंल्याएका छन् । उनले भने, ‘सच्चा नेपाली भएर सम्झने हो भने गर्व गर्न लायक अभिभावक भनेकै पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको योगदानलाई भुल्न हुँदैन । पृथ्वीनारायणले आधुनिक नेपाल निर्माणमा अभिभावकीय भूमिका निर्वाह गरेकैले आम नेपाली र राष्ट्रले सदासर्वदा सम्झिने छ र सम्झिरहेको छ ।’ 

    ‘सत्ता स्वार्थका लागि विखण्डन गर्नु हुँदैन, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अभिभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुनेछ,’ उनले भने ।

    पर्यटन मन्त्री ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएका पुरातात्विक सम्पदा र स्थललाई जोडेर सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले एक विकास समिति गठन गरी प्रवद्र्धन गरिने समेत बताए ।

    मन्त्री ढकालले केही दिनअघि पृथ्वीनारायण शाहसँग जोडिएका नुवाकोटको देवीघाट, पृथ्वीनारायणको समाधिस्थल, सालिक रहेको स्थल तथा नुवाकोट दरबार क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका थिए । उनले राष्ट्र निर्माण गर्ने अग्रज अभिभावकको योगदानलाई प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै यस कार्यमा प्रष्ठिानलगायत संस्था र अभियन्ताको सहकार्य जरुरी रहेको बताएका छन् ।

    मन्त्री ढकालले युगान्तकारी राजतन्त्रको सहमतिका साथ अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर नयाँ संविधान बनेको सन्दर्भमा संविधानमा हिन्दू धर्ममाथि चित्त दुखाइएपनि धर्मप्रति कुनै अन्योल र द्विविधा नरहेको दाबी गरे । उनले भने, ‘संविधानमा हिन्दू धर्ममाथि अतिक्रमण भयो भन्ने बुझाइ गलत हो । सार्वभौमसत्ता सम्पन्न संविधान सभाले निर्माण गरेको संविधानलाई एकपटक पढियो भने कुनै अन्योल रहने छैन । राज्य धर्मनिरपेक्ष हुन्छ, व्यक्तिको धार्मिक स्वतन्त्रताको राज्यले जिम्मा लिन्छ । संविधानमै प्राचीन परम्परागत ढंगले चलेका सनातन धर्मको राज्यले नै संरक्षण गर्छ भनेको छ । बलजफ्ती धर्म परिवर्तनलाई भने दण्डित गरेको छ । त्यसैले संविधान र कानूनले परम्परागत धर्म कर्मलाई बर्खिलाप गरेको छैन ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २७ २०७७०४:४०:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend