आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले भेटे, सरकारमा जाने भएपछि एमालेलाई आपत! 

प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले भेटे, सरकारमा जाने भएपछि एमालेलाई आपत! 

  • मिडिया डबली
  • बिहिवार, भाद्र २ २०७९

  • 9.8K
    SHARES

  • प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले भेटे, सरकारमा जाने भएपछि एमालेलाई आपत! 

    काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटवार्तामा उनीहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुरा भएको लोसपा नेता राजेन्द्र महतोले बताए। 

    नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भए सत्ता सहकार्य गर्न तयार रहेको सुनाए। उनले भने, ‘मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ। अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस्। त्यसो भए हामी गठबन्धनमा सहकार्य गरेर जान्छौं। प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको छ। त्यसबारे चाँडो टुंग्याइदिन भन्यौं।’

    नेता महतोले सत्ता साझेदारी, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको बताए। ‘प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्यौं। विशेषगरी नागरिकताका विषयमा कुराकानी भयो। विधेयकलाई प्रक्रिया पुर्‍याएर बिहीबारै संसद्बाट टुंगो लगाइने भन्नुभएको छ’, उनले भने। प्रधानमन्त्रीसँगको छलफलमा लोसपा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत सहभागी थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend