मंगलवार, आश्विन २७ २०८३Oct 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले नियुक्त गरेका प्रदेश पूर्वप्रमुखको कुकृत्य सार्वजनिक

ओलीले नियुक्त गरेका प्रदेश पूर्वप्रमुखको कुकृत्य सार्वजनिक

  • मिडिया डबली
  • बिहिवार, भाद्र २ २०७९

  • 12.5K
    SHARES

  • ओलीले नियुक्त गरेका प्रदेश पूर्वप्रमुखको कुकृत्य सार्वजनिक

    कठमाडौं - आफूलाई केपी ओलीभन्दा पनि ठूलो राष्ट्रवादी भनाउने पत्रकार राजेश अहिराजको कुकृत्य सार्वजनिक भएको छ ।

    मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)ले धोबीखोला हडपेर घर बनाएको खुलेको छ । केहीअघिसम्म काठमाडौंको सामान्य डेरावाल रहेका अहिराजले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर रुद्रमती मार्ग धोबीखोला करिडोरमा सार्वजनिक जग्गा हडपेर घर बनाएको खुलेको हो ।

    काठमाडौं महानगरपालिका वडा नम्बरको सिट नम्बर १०२११४६०२ को कित्ता नम्बर ४३१ र ४३३ को दुई आना जग्गामा उनले दुई तले घर बनाएर भाडासमेत असुलिरहेको स्वास्थ्य लाइभ नामक न्युज पोर्टलले प्रमाणसहित सार्वजनिक गरेको छ ।

    समाचारअनुसार उनले मासिक ५० हजारभन्दा बढी भाडा उक्त सार्वजनिक जग्गामा बनेको घर, कोठा र सटरबाट लिने गरेका छन् । जुन उनले स्वीकार पनि गरेका छन् । अहिराजले सार्वजनिक जग्गा हडपेर बनाएको दुईतले घरको भुईंतलामा पशुपति मोटरसाइकल वर्कसपलाई भाडामा लगाएका छन् । माथिल्लो तल क्लासी इन्जिनियरिङ सर्भिस प्रालिलगायतलाई भाडामा दिएका छन् ।

    उनले आफूले मात्र नभई त्यो ठाउँमा इन्द्र चाम्लिङ, युनिक खाजा घर, आदित्य फर्निचरलगायत लाइनै सार्वजनिक जग्गा हडपेर संरचना बनाएको दाबीसमेत गरेका छन् ।

    अहिराजले साढे पाँच तले भवन बनाएको कित्ता नम्बर ७३८–७३९ लगायतमा पनि साबिकको धोबीखोला देखाउँछ । उनले घर भएको जग्गा श्रीमतीको नाममा रहेको र मालपोतसमेत तिरिरहेको बताएका छन् ।

    रौतहटका अहिराज तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ फागुन ७ गते मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा २०७८ भदौ १ गते उनी प्रदेश प्रमुखबाट बर्खास्त भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend