आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

राष्ट्रपति भण्डारीले अब नागरिकता विधेयक पास गर्लिन् कि खोपीमा थन्क्याउलिन् ?

राष्ट्रपति भण्डारीले अब नागरिकता विधेयक पास गर्लिन् कि खोपीमा थन्क्याउलिन् ?

  • मिडिया डबली
  • बुधवार, भाद्र १ २०७९

  • 3.6K
    SHARES

  • राष्ट्रपति भण्डारीले अब नागरिकता विधेयक पास गर्लिन् कि खोपीमा थन्क्याउलिन् ?

    काठमाडौं - सरकारले राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक हुबहु संसदमा पेस गर्ने भएको छ । भोलि बिहीबार बस्ने बैठकमा विधेयकलाई पेस गर्ने सरकारको तयारी छ ।

    मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णय राजनीतिक भएको निष्कर्ष निकाल्दै जस्ताको तस्तै अगाडि बढाउने निर्णय गरेको हो ।

    विधेयक अगाडि बढाउने गठबन्धनका शीर्ष नेताको निर्णयपछि सरकारले संवैधानिक व्यवस्थाअनुसार विधेयक प्रक्रियामा लैजान गृहकार्य थालेको हो ।

    विधेयक प्रक्रियामा लैजान प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई जिम्मेवारी दिएका छन् । कानुनमन्त्री बन्दीले विधेयकमा सरकारका तर्फबाट कुनै संशोधन नहुने बताएका छन् ।

    संशोधन हुने नहुने संसद् क्षेत्राधिकारको विषय भएको उनको भनाइ छ । उनले बिहीबारको बैठकमा विधेयक टेबुल हुने र छलफलमा जाने जानकारी दिए । उनका अनुसार बिहीबार प्रतिनिधिसभामा विधेयक पेस गरेर भदौ ६ गते बस्ने राष्ट्रिय सभामा लैजाने सरकारको तयारी छ ।

    संविधानअनुसार राष्ट्रपतिले आफ्नो कार्यालयमा विधेयक आइसकेपछि १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ । संविधानको धारा ११३ अनुसार संघीय संसद्बाट प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्नेछ ।

    तर, अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा यही १५ दिनभित्र फिर्ता पठाउन पनि सक्ने संवैधानिक व्यवस्था छ । त्यसरी फिर्ता हुने विधेयकमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छलफल हुने र त्यसपछि सुरुको प्रक्रियाझैँ दुवै सदनले त्यो विधेयक पहिलेकै रूपमा वा संशोधन गरेर फेरि राष्ट्रपति कार्यालयमा पठाउन सक्छ ।

    दोस्रोपटक प्रमाणीकरणका लागि पेस भएको विधेयक फेरि सदनमा फिर्ता गर्ने अधिकार भने राष्ट्रपतिलाई छैन । संविधानको धारा ११३ मै भनिएको छ, ‘दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक संशोधनसहित पारित गरी पुनः पेस गरेमा १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

    तर, एमालेसहित केही कथित नागरिक अगुवा र राजावादीहरूले राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण नगरी त्यत्तिकै थन्क्याएर राख्न सल्लाह सुझाव दिँदै आएका छन् ।

    जसरी २०५७ सालमा राजा वीरेन्द्र शाहले नागरिकता विधेयक खोपीम थन्क्याएर राखेका थिए, अहिले राष्ट्रपति भण्डारीले त्यसरी नै नागरिकता विधेयक खोपीमा राख्लिन् त भन्ने चासो उत्पन्न भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend