काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ कांग्रेसले संविधानसम्मत रुपमा अघि बढ्ने प्रतिक्रिया दिएको छ।
कांग्रेसका प्रमुख सचेतक मीन विश्वकर्माले संविधानको व्यवस्थाअनुसार संसदमा पुनः छलफल गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने बताए। उनले भने, ‘त्यतिखेर उहाँले प्रमाणीकरण नगरी सुखै छैन।’
दुवै सदनबाट पारित भएर साउन १५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको उक्त विधेयक १४ दिनपछि राष्ट्रपतिले फिर्ता गरेकी हुन्। नेपालको संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको व्यवस्था छ।
उक्त धाराको उपधारा ४ मा कुनै पनि विधेयक राष्ट्रपतिबाट फिर्ता आएमा पुनः दुवै सदनमा पुनःविचार गरेर पेस गर्नुपर्ने उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।