काठमाडौं । नेपाली कांग्रेस नेता डा। शेखर कोइराला पक्षले आफू निकटका भ्रातृ संस्थाका पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।
उक्त समूहको आज बसेको बैठकले भ्रातृ संस्थामा आवद्ध नेता तथा कार्यकर्तासँग छलफल गर्ने निर्णय गरेको हो । शेखरको सम्पर्क कार्यालयमा दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीको बैठक बसेको थियो ।
नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा आवद्ध रहेकालाई बैठकमा बोलाइएको छ । सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका पाँच भ्रातृ संस्थाका नेता तथा कार्यकर्तालाई छलफलका लागि बोलाइएको हो ।
पाँचै भ्रातृ संस्थामा देउवा निकटलाई अध्यक्ष बनाइएको छ । आजको बैठकमा शेखर पक्षका कांग्रेस पदाधिकारी भने उपस्थित भएका थिएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।