काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ नेपाल कराते महासंघका सहायक प्रमुख प्रमुख प्रशिक्षक बनेका छन्र श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव स्तरको निर्णयबाट प्रशिक्षकमा नियुक्त गरिएको हो।
श्रेष्ठ नेपालमा भएको आठौं साफ र पाकिस्तानमा भएको नवौं साफका स्वर्ण पदक विजेता हुन् पाकिस्तानमा भएको नवौं साफ करातेमा श्रेष्ठले मात्र स्वर्ण पदक ल्याएका थिए। श्रेष्ठ हाल चाइनाको ह्वान्जाउमा हुन लागेको १९ एसिएन गेमको करातेको प्रमुख प्रशिक्षकको भुमिका छन् ।
श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष तथा करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले उद्पादन गरेका खेलाडी हुन्। श्रेष्ठलाई उनका गुरु महर्जन र ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष तथा किकबक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनले आफ्नो कार्यकक्षमा खादा लगाएर बधाई दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।