काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । देउवाले बोलाएपछि कोइराला बालुवाटार पुगेका हुन् ।
देउवा र शेखरबीच के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।
शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आज बोलाइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।