आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखरलाई आफ्नै समूहका कार्यकर्ताले दिए यस्तो सुझाव, अब के गर्लान? 

शेखरलाई आफ्नै समूहका कार्यकर्ताले दिए यस्तो सुझाव, अब के गर्लान? 

  • मिडिया डबली
  • शनिवार, श्रावण २८ २०७९

  • 3.2K
    SHARES

  • शेखरलाई आफ्नै समूहका कार्यकर्ताले दिए यस्तो सुझाव, अब के गर्लान? 

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका कार्यकर्ताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका छन्। पछिल्लो समय भातृसंस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई मनोनय गरेपछि शेखर समूहका युवा तथा विद्यार्थीहरुले आफ्नो समूहका नेताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका हुन्। 

    शेखर समूहका युवा तथा विद्यार्थी नेताहरुले आफ्नै समूहका नेताहरुले त्यसविरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन्। उनीहरुले आफ्नै समूहका नेताहरुलाई भेटेर वर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक विद्रोहका लागि तयार रहन आग्रह गरेका हुन्। 

    लामो समय विद्यार्थी राजनीति गरेर अहिले नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि र उपत्यकाका विभिन्‍न क्याम्पस ईकाइ सभापतिहरुले ध्यानाकर्षण पत्र नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, डा। रामशरण महत,  बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी, नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

    शेखर समूहका युवा कार्यकर्ताहरु निरन्जन थापा, पुष्कर बास्तोला, लक्ष्मी दहाल, विष्णु खड्का, अमृत ज्ञावाली, पेम्बा शेर्पा, सागर पाण्डे, विश्व लामा, कौशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend