आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखर समूहले माग्यो यति ठूलो भाग, देउवाले के गलार्न?  

शेखर समूहले माग्यो यति ठूलो भाग, देउवाले के गलार्न?  

  • मिडिया डबली
  • शनिवार, श्रावण २८ २०७९

  • 9.1K
    SHARES

  • शेखर समूहले माग्यो यति ठूलो भाग, देउवाले के गलार्न?  

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहको शनिबार बैठक बसेको छ। बैठकमा सहभागी नेताहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको दाबीसहित अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्।

    पत्रकारसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहार हेर्दा आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताए।

    ‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन। राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह गर्नुभएन। समेट्दा पनि समेट्नुहुन्न। यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले समेट्नुहुन्न,’ घिमिरेले भने ।

    न्यायोचित निर्णय नहुने भए भागबन्डामा जानुपर्ने उनको तर्क छ। ‘सभापति देउवाले पार्टीभित्र न्यायोचित निर्णय गर्नुुहुन्न भने ४० प्लस चाहियो,’ घिमिरेले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन। अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend