आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखरले बोलाए समूहको बैठक, यस्तो छ तयारी 

शेखरले बोलाए समूहको बैठक, यस्तो छ तयारी 

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २७ २०७९

  • 7.2K
    SHARES

  • शेखरले बोलाए समूहको बैठक, यस्तो छ तयारी 

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूह भेला बोलाएका छन्। नेता कोइरालाले शनिबार समूह भेला बोलाउको शेखर समूहका एक नेताले जानकारी दिए। 

    उनले भने, ‘सिट बाँडफाँड, भ्रातृ संगठनको नेतृत्व चयनमा सल्लाह नगरेकोलगायतका विषयमा छलफल गर्न भेला बोलाइएको हो। भेलाको समय भने टुंगो लागेको छैन।’

    सत्ता गठबन्धनले सिट बाँडफाँडका विषयमा छलफल गरिरहेको समयमा नेता कोइरालले समूह भेला बोलाएका हुन्। बिहीबार सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेका छन्।

    यसअघि कांग्रेसका भ्रातृसंस्थाहरु नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र किसान संघको अध्यक्षमा गणेश तिमिल्सिनालाई मनोनित गरेको छ। त्यसैगरी आदिवासी जनजाती संघको अध्यक्षमा ओम थापा मगरलाई मनोनित गरिएको थियो। कुनै पनि भ्रातृ संस्थाको नेतृत्व चयनका बेला आफूहरुलाई जानकारी नगराएको र आफ्नो समूहका कसैलाई पनि भाग नदिएको कोइराला समूहको गुनासो छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २७ २०७८१०:२०:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend