आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डडेल्धुरामा देउवाले जित्ने निश्चित, एमाले र स्वतन्त्रहरुको दिन हराम! 

डडेल्धुरामा देउवाले जित्ने निश्चित, एमाले र स्वतन्त्रहरुको दिन हराम! 

  • मिडिया डबली
  • बुधवार, श्रावण २५ २०७९

  • 4.6K
    SHARES

  • डडेल्धुरामा देउवाले जित्ने निश्चित, एमाले र स्वतन्त्रहरुको दिन हराम! 

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचन सहजै जित्ने देखिएको छ। २०४८ देखि लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका देउवाले यो पटक गठबन्धनका कारण मतान्तर धेरै फराकिलो बनाउने सम्भावना बढेको छ। कांग्रेस, माओवादी, नेकपा एस र जसपाले स्थानीय तहमा पाएको मतलाई आधार मान्दा गठबन्धनको मत ३९,८१० हुन्छ। विपक्ष एमालेको मत १०,४४९ हो।

    त्यो पनि डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ल रहेको बीपी कांग्रेससँग गठबन्धन गरेका कारणले बढेको जानकारहरू बताउँछन्।

    स्थानीय तहमा अहिले राजनीतिक दलहरूले प्राप्त गरेको मतभार विश्लेषण गर्दा प्रधानमन्त्री देउवालाई जित निकाल्न सहज देखिन्छ। कांग्रेसका बागी विद्रोहीको चुनौतीलाई समेत परास्त गरेर देउवा कांग्रेस, एमाले र माओवादीलगायतका दल अलग–अलग चुनावी प्रतिस्पर्धा गर्दासम्म उनलाई जित्न सहज देखिन्छ ।

    स्थानीय तहको चुनावमा डडेल्धुरामा कांग्रेस २१,७३५, माओवादी १२,८७८, एमाले १०,४४९, नेकपा एस ५,०४१, राप्रपा ७१४, जसपा १५६ मत रहेको छ। यसमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको बीपी कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्षका उमेदवारले करुवा चुनाव चिह्नमा ३ हजार ५४२ मत पाएका छन्।

    डडेल्धुराका स्थानीय तहमा रहेका ५२  वडामध्ये ४ वटा एमाले र २ वटा वडा बीपी कांग्रेसले जितेको छ। जसमा प्रधानमन्त्री देउवाको आफ्नै वडा गन्यापधुरा–१ मा पनि बीपी कांग्रेसले जित निकालेको छ। ५२ वडामध्ये माओवादीले २ वटा स्थानीय तहमा प्रमुख र १३ वटा वडामा जित निकालेको छ। बाँकी सबै स्थानीय तहका प्रमुखरउपप्रमुखसहित वडामा कांग्रेसले जित हात पारेको छ।

    स्थानीय तहको मतअनुसार पहिलो कांग्रेस रहेको छ भने दोस्रोमा माओवादी छ। तेस्रो रहेको एमालेले स्थानीय तह चुनावमा बीपी कांग्रेससँग गठबन्धन गरेर अहिले भोट बढाएको हो। अन्यथा एमालेको डडेल्धुरामा ८र९ हजार हाराहारी भोट रहेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend