आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लोसपाकी खम्बा रम्भा मिश्रा कांग्रेस प्रवेश, देउवाले स्वागत गर्दा कांग्रेसमा खुसियाली !

लोसपाकी खम्बा रम्भा मिश्रा कांग्रेस प्रवेश, देउवाले स्वागत गर्दा कांग्रेसमा खुसियाली !

  • मिडिया डबली
  • बिहिवार, श्रावण १९ २०७९

  • 10.0K
    SHARES

  • लोसपाकी खम्बा रम्भा मिश्रा कांग्रेस प्रवेश, देउवाले स्वागत गर्दा कांग्रेसमा खुसियाली !

    काठमाडौं । एक दशकदेखि मधेसी दलमा आवद्ध रही वीरगञ्जमा सक्रिय राजनीति गर्दै आएकी नेता रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका र खादा लगाएर उनी कांग्रेसमा प्रवेश गरेकी हुन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्नुअघिसम्म उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सक्रिय थिइन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन राजपाबाट वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी उनी पुनः लोसपाको तर्फबाट उपमेयरको आकांक्षी थिइन् ।

    तर लोसपाले वीरगञ्ज महानगरपालिकामा एमालेसँग चुनावी तालमेल गर्‍यो । मेयरमा एमालेलाई सघाएर उपमेयर आफ्नो भागमा लिएको लोसपाले पार्टी अध्यक्ष पुरुषोत्तम लाल झालाई उम्मेदवार बनायो ।


    त्यसबाट असन्तुष्ट बनेकी रम्भाले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उपमेयरमा लोसपा अध्यक्ष पुरुषोत्तमले ९ हजार ५६८ मत ल्याएर दोस्रो हुँदा रम्भाले ३ हजार ९०९ मत ल्याएर चौथो भएकी थिइन् ।

    मधेसी दलले आफूलाई ‘राजनैतिक ब्ल्याकमेलिङ’ गरेकाले पार्टी परित्याग गरेको बताउँदै उनले नेपाली कांग्रेस प्रजातान्त्रिक विचार धाराको दल भएकोले प्रवेश गरेको बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend