आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

टेवल–टेवलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिनुस्ः प्रधानमन्त्री देउवा 

टेवल–टेवलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिनुस्ः प्रधानमन्त्री देउवा 

  • मिडिया डबली
  • मंगलवार, श्रावण १७ २०७९

  • 3.8K
    SHARES

  • टेवल–टेवलका शासन अन्त्य गरेर जनतालाई चुस्त सेवा दिनुस्ः प्रधानमन्त्री देउवा 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन्। 

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिहदरबारमा मन्त्री र सचिवहरुको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुवमा उपलव्ध गराउन निर्देशन गरेका हुन्।  ‘तपाईहरुले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने,  ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।’

    प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधान सुविधान र इन्धन नदिन पनि निर्देशन दिए।  इन्धनको मुल्य बृद्धिसँगै यसले मुलुको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधान पाए नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिए।  

    त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तरारी तथा फलफुल र एक बर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिए।  विद्युत खपत बढाउने, निर्यातलाई प्रबद्धन गर्ने लगायतका कामहरु सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ । 

    उक्त बैठकमा सरकारका सबै मन्त्रीहरुले आर्थिक बर्षको बजेट र यसको कार्यन्वयनका विषयमा धारणा राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०८:२५:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend