आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कुनै पनि बेला प्रमाण सार्वजनिक हुने भयले राजीनामाको मनस्थितिमा जनार्दन शर्मा

कुनै पनि बेला प्रमाण सार्वजनिक हुने भयले राजीनामाको मनस्थितिमा जनार्दन शर्मा

  • मिडिया डबली
  • सोमवार, श्रावण १६ २०७९

  • 8.3K
    SHARES

  • कुनै पनि बेला प्रमाण सार्वजनिक हुने भयले राजीनामाको मनस्थितिमा जनार्दन शर्मा

    काठमाडौं - आरोप लागेको २५ दिनपछि अर्थमन्त्रीका रूपमा जनार्दन शर्मा आइतबार मन्त्रालय पुगेर स्वागतको माला थापे । स्वागतको माला लगाउनेमा यसपटक राजश्वसचिव कृष्णहरि पुस्कर मात्रै थिए ।

    अर्थ सचिव मधु मरासिनी गएनन् । उनी शनिबार नै पोखरा गएका थिए । अर्थमन्त्रीका रूपमा शर्मा विवादित बन्दै गएपछि मरासिनी घर बिदामा बसेका थिए ।

    शर्माले राजीनामा दिएलगत्तै उनी पुनः मन्त्रालयमा हाजिर भए । तर आइतबार मन्त्रीको स्वागतमा देखिएनन् । फेरि अर्थमन्त्री बनेर मन्त्रालय जाँदा शर्माको मुहार हँसिलो थिएन ।

    लोकलाजकै लागि भए पनि उनी फिस्स हाँस्थे । जुन अभियोग लागेर आफूले राजीनामा दिएका थिए त्यसबारेमा शर्माले केही बोलेनन् । उनले औपचारिकताका लागि मन्त्रालयका कर्मचारीले तयार पारेको एउटा फाइल सदर गरेका थिए ।

    पुनः अर्थमन्त्री बनेपछि बधाई दिन फोन गर्ने र भेट्ने कतिपय व्यापारिक घरानाका व्यक्तिहरूसँग उनले आफू बढीमा एक सातामात्र अर्थ मन्त्रालययमा रहने बताउने गरेको बुझिएको छ ।

    राजनीतिक इगोकै कारण शर्मा ठूलो शक्ति लगाएर मन्त्रीमा पुनः नियुक्त भएको स्रोतले बतायो । शर्मालाई अर्थमन्त्री बनाउन नहुने विषयमा माओवादीमै पनि दुईथरी मत रहेको बुझिएको छ ।

    शक्ति बस्नेतलगायतले शर्मालाई अर्थमन्त्री नबनाउन प्रचण्डलाई दबाब दिँदै आए पनि उनको सुझावको कुनै सुनुवाइ भएन । विपक्षी दलले चुनावका बेला सिसिटिभी फुटेजसहित विभिन्न प्रमाण सार्वजनिक गर्नसक्ने भन्दै त्यसले चुनावमा ठूलो घाटा बेहोर्नुपर्ने उनको भनाइ थियो । त्यसैले शर्माले चाँडै राजीनामा दिन सक्ने अनुमान गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend