काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रिन सक्ने धम्की दिएका छन् ।
प्रतिनिधिसभा संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल पक्षले बुधवार काठमाडौंमा आयोजना गरेको आमसभामा नेता शर्माले भने, ‘यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रने छ, म भन्न सक्दिनँ ।’
संघीयता लागू गर्न नदिने र संविधानलाई च्यातचुत पार्न खोजिएको भन्दै नेता शर्माले जनताको विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरूलाई समाप्त पार्ने बताएका छन् ।
ओलीमा असीमित अधिकार भएका कारण आजको अवस्था आएको बताउँदै शर्माले भने, ‘केपी ओली तयार हुनुको ग्राउण्ड कुन हो ? त्यसको समीक्षा हुनुपर्छ ।’
समीक्षा नगर्ने हो भने फेरि महेन्द्र र केपी ओलीहरू जन्मिन सक्ने शर्माले चेतावनी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।