आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपामा जनार्दन शर्माको छुट्टै प्रस्ताव, के छ नयाँ ?

नेकपामा जनार्दन शर्माको छुट्टै प्रस्ताव, के छ नयाँ ?

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 6.1K
    SHARES

  • नेकपामा जनार्दन शर्माको छुट्टै प्रस्ताव, के छ नयाँ ?

    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको सरकार गणतन्त्रविरोधीप्रति नरम देखिएको आरोप लगाएका छन् ।

    आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आवाज सुनिन थालेको बताए ।

    नेकपाका अध्यक्षद्वयलाई सम्बोधन गर्दै आइतवार स्थायी कमिटी बैठकमा दर्ता गरिएको प्रस्तावमा शर्माले गणतन्त्रविरुद्ध भइरहेका प्रदर्शनबारे समयमै सोच्नुपर्ने बताएका हुन् । 
    सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साहित देखिएका र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका शर्माले टिप्पणी गरेका छन् ।

    उनले संघीयताको पक्षधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी सरकारका कमीकमजोरी सच्चाउँदै जनतामा देखिएको असन्तुष्टि संबोधन गर्न ढिला गर्न नहुने पनि बताएका छन् ।

    उनले कोभिड महामारीबारे तत्काल ‘भ्याक्सिन’ ल्याइ कोरोना भाइरसबाट जनताको जीवन रक्षा गर्नुका साथै पूर्ण रूपले आर्थिक गतिविधिहरू सञ्चालन हुने अवस्था सिर्जना गर्न आग्रह गरेका छन् । 

    janardan.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १७ २०७८०८:५६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend