आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँग नजिकिन थाल्यो जनार्दन शर्माको मन ! प्रचण्डलाई अर्काे धक्का !

केपी ओलीसँग नजिकिन थाल्यो जनार्दन शर्माको मन ! प्रचण्डलाई अर्काे धक्का !

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 6.5K
    SHARES

  • केपी ओलीसँग नजिकिन थाल्यो जनार्दन शर्माको मन ! प्रचण्डलाई अर्काे धक्का !

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोका र अत्याचारको शिकार भएपछि छुट्टै हिँडेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धक्का लाग्ने गरी नेता जनार्दन शर्माले संकेत गरेका छन् ।

    ओलीबाट छुट्टिएको केही महिना मात्रै भएको छ र एमाले नेता माधवकुमार नेपालले समेत अन्तिममा धोका दिएर गएका बेला नेता शर्माले फेरि कम्युनिस्टसँग मिल्नुपर्ने विचार राख्दै ओली र नेपालसँग नजिकिने संकेत गरेका छन् ।

    सोमबार राति सामाजिक सञ्जालमा लेख्दै नेता शर्माले फेरि पार्टी एकता हुनुपर्ने बताए । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा नेता शर्माले जोड दिए ।

    शर्माले कानून, विधि र पद्धतिलाई अस्वीकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको बताए ।

    शर्माले लेखेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनीतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे । लाखौं जनताले अनुमोदन गरेको एकता, त्याग र बलिदानबाट प्राप्त उपलब्धि जनअधिकार, कानून, विधि र पद्धतिलाई अस्वीकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’

    फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तरता दिनुपर्ने शर्माले बताए । उनले भनेका छन्, ‘फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई  निरन्तर उठाउने कुराको महत्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन ।’

    नेता शर्माले ओलीसँग नजिकिने कुरा गरिराख्दा यसअघि नै माओवादी छाडेर प्रभावशाली नेताहरू ओलीतिर लागिसकेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मन्त्रीहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू शाह लगायत नेताहरू प्रचण्डलाई छाडेर ओलीतिर लागिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend