आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

२५ दिनपछि अर्थमन्त्रालय फर्किएका शर्माले दिए यस्तो अभिव्यक्ति, सिंहदरबारमा खैलाबैला !

२५ दिनपछि अर्थमन्त्रालय फर्किएका शर्माले दिए यस्तो अभिव्यक्ति, सिंहदरबारमा खैलाबैला !

  • मिडिया डबली
  • आइतवार, श्रावण १५ २०७९

  • 7.6K
    SHARES

  • २५ दिनपछि अर्थमन्त्रालय फर्किएका शर्माले दिए यस्तो अभिव्यक्ति, सिंहदरबारमा खैलाबैला !

    काठमाडौं । जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन्। संसदीय छानबिन विशेष समितिले सफाइ दिएपछि शर्मा पुनः अर्थ मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्। 

    शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सबलीकरण गर्ने आवश्यकता रहेको बताए। आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाएका थिए। मन्त्री शर्माले गत आवको बजेट कार्यान्वयनमा भएका कमीकमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गरिने समेत बताए। 

    ‘विश्व आर्थिक अवस्था विभिन्न युद्धका कारण अर्थतन्त्रमा समस्या रहेको छ। यस्तो अवस्थामा हाम्रो देशको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता छ। सबलीकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गरेर नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर  लैजाने र आत्मनिर्भरको दिशातिर लैजाने प्रतिवद्धता जनाउन चाहन्छु। जाने दोस्रो कुरा मैलाई बजेट कार्यान्वय गर्ने जिम्मेवारी दिनुभएको छ। हामीले करिब एक वर्ष जसरी सहकार्यको आधारमा काम अगाडि बढाएका थियौँ। अबका दिनमा पनि यहाँहरुसँग सहकार्य गर्ने काम गर्नेछौं। गत वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा कहाँकहाँ  कमीकमजोरी भए त्यसलाई समीक्षा गरेर चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नेछौं।’

    मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो । मन्त्री शर्मा माथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend