आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले एम अधिकारीसँग जनार्दन शर्माको सिसिटिभी फुटेज काण्ड साटेकै हो ?

एमालेले एम अधिकारीसँग जनार्दन शर्माको सिसिटिभी फुटेज काण्ड साटेकै हो ?

  • मिडिया डबली
  • आइतवार, श्रावण १५ २०७९

  • 4.9K
    SHARES

  • एमालेले एम अधिकारीसँग जनार्दन शर्माको सिसिटिभी फुटेज काण्ड साटेकै हो ?

    काठमाडौं - बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले कुनै गल्ती भेटेन ।

    अर्थात् उनलाई विशेष संसदीय समिति बनाएर चोख्याइयो । शर्मालाई चोख्याउन कांग्रेस, माओवादी केन्द्र त लागेकै थिए प्रमुख प्रतिपक्षी दल एमालेको पनि भूमिका रहेको आशंका गर्न थालिएको छ । ११ सदस्यीय छानबिन समितिमा चारजना एमालेका सांसद छन् ।

    बाँकी सांसद सत्तापक्षका छन् । तर एमालेका चार सांसदले फरक मत राख्नेबाहेक दह्रोसँग छानबिन गर्नुपर्छ भनेर अडान राख्न सकेनन् ।

    शर्मालाई चोख्याउने र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थात् एम अधिकारी खोजी नगर्ने विषयमा एमाले र माओवादीबीच उच्चस्तरमा सहमति भएको स्रोतले बतायो । सोही कारण अहिले जनार्दन शर्मा प्रकरणमा एमालेको पनि सहयोग रहेको चर्चा चलिरहेको छ ।

    यदि एमालेका सांसदले अडान राखेको भए समितिलाई प्रतिवेदन बुझाउन अप्ठेरो हुन्थ्यो । तर त्यस्तो भएन । ‘तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु’ भन्ने ढंगले एमाले लागेको देखिएको छ । छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि लाजगालका लागि भए पनि एमाले अध्यक्ष केपी ओलीले छानबिन समितिको प्रतिवेदन अमान्य हुने बताएका छन् ।

    समितिको सो प्रतिवेदन तथ्यमा आधारित नरहेकाले त्यसलाई मान्न नसकिने उनको भनाइ छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे ।

    ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको बताए । समितिमा ११ जनामध्ये सातजना आफ्नो राख्ने अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘इन्टरनेसनल छानबिन गरौँ । यो देशविरुद्धको अपराध हो । देशको अर्थतन्त्रमाथिको गम्भीर अपराध हो ।

    जनताले राजस्व तिर्नुपर्छ । उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ । व्यवसायीको घाँटी निमोठिएको छ । केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशयी पार्ने अपराध गरिएको छ,’ उनले भने, ‘मामुली कुरा हो यो ? आइन्दा सच्याउँला भन्ने कुरासम्म पनि छैन । यो विषयलाई गम्भीरताका साथ लिइएन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend