आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रपतिको पदीय गरिमा र संविधानको धज्जी उडाएपछि ‘छवि सुधार्ने’ प्रयास

राष्ट्रपतिको पदीय गरिमा र संविधानको धज्जी उडाएपछि ‘छवि सुधार्ने’ प्रयास

  • मिडिया डबली
  • बिहिवार, श्रावण १२ २०७९

  • 4.3K
    SHARES

  • राष्ट्रपतिको पदीय गरिमा र संविधानको धज्जी उडाएपछि ‘छवि सुधार्ने’ प्रयास

    काठमाडौं - राष्ट्रपतिको दुई कार्यकालको धेरै समय पदीय गरिमा र संविधानको धज्जी उडाएर सकिन लागेपछि विद्यादेवी भण्डारीले विभिन्न मिडियाका सम्पादकलाई शीतलनिवास बोलाएर ‘छवि सुधार्ने’ प्रयास गरेकी छन् ।

    राष्ट्रपतिले बोलाएपछि सम्पादकहरू मंगलबार शीतलनिवास पुगेका थिए । सो क्रममा राष्ट्रपतिले लिखित भाषण गरेकी थिइन् । आफ्नो सात वर्षे कार्यकालमा भण्डारी धेरैजसो समय विवादमा आइन् ।

    खासगरी केपी ओलीको सरकारका पालामा उनले संविधानले नदिएका अधिकारसमेत प्रयोग गरिन् । खासगरी उनले कम्युनिस्ट सरकार बचाउन हदैसम्म पदको दुरुपयोग गरेपछि उनी विवादमा परिन् । अहिले फेरि उनी सक्रिय हुन थालेकी छन् ।

    केही समयदेखि उनी कम्युनिस्ट पत्रकारलाई शीतलनिवासमा बोलाएर आफ्ना असन्तुष्टि बाहिर ल्याउने गरिरहेकी छन् । मंगलबारको सम्पादकहरूसँगको भेटघाट पनि त्यसकै शृंखला हो ।

    उनले आफ्नो भाषणमा नागरिकता विधेयकको विरोध मात्र गरिनन्, गठबन्धन सरकारको आलोचना पनि गरिन् । उनले अर्थतन्त्र बिग्रेको भन्दै त्यो वर्तमान सरकारकै कारण भएको आरोप लगाएर एमालेको कदमलाई सहयोग गरेकी छन् ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रपति भण्डारीले चुनावको मुखमा विपक्षी पार्टीलाई मद्दत पुग्ने गरी बोलेको आरोप लगाउँदै आपत्ति जनाएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा बुधबार रेग्मीले भनिन्, ‘राष्ट्रपति सेरेमोनियल पद हो ।

    मुलुक चलाउने कार्यकारी प्रधानमन्त्रीले हो । राष्ट्रपतिले आजमात्र समस्या देख्नुभयो कि हिजो पनि बोल्नुभयो ? उहाँले त्यसरी बोलिरहनु जरुरी छैन । त्यसरी बोल्ने पनि होइन ।

    सम्मानित संस्थाको व्यक्तिले चुनावको मुखमा अर्को पार्टीलाई मद्दत पुग्ने गरी बोल्नुहुँदैन । आजको सरकारका कारणमात्र अर्थतन्त्रमा अप्ठ्यारो परेको त होइन नि । विश्व अर्थतन्त्रमै समस्या आएको छ । विपक्षीले श्रीलंकाको हौवा फिँजाएर जनतामा डर, त्रास देखाएको मात्र हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend