काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले चुनावी तालमेल गर्दा आफ्नो गृहजिल्ला अर्को कुनै दललाई दिइए विद्रोह गर्ने चेतावनी दिएका छन्। सोमबारबाट जारी केन्द्रीय समिति बैठकमा मंगलबार धारणा राख्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
‘चुनावमा गठबन्धन गर्नुस्, मेरो केही भन्नू छैन। मेरो गृहजिल्लामा खेल्ने प्रयास नहोस्,’ उनले भने, ‘यदि खेल्ने प्रयास भयो भने विद्रोह गर्छु। अग्नि सापकोटालाई छाड्नु भयो भने म विद्रोहका लागि तयार छु।’
उनले आफू समानुपातिक उम्मेदवार नबस्ने समेत बताएका थिए। आफू प्रत्यक्षमा चुनाव लड्ने उनको भनाइ छ। ‘१० करोड दिएपनि म समानुपातिक बस्दिनँ मेरो निर्वाचन क्षेत्रमा सबै पालिका कांग्रेसले जितेको छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।