बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीको संकेतपछि गोकुल बासकोटाले भने, प्रदेश चाहिँदैन

ओलीको संकेतपछि गोकुल बासकोटाले भने, प्रदेश चाहिँदैन

  • मिडिया डबली
  • मंगलवार, आषाढ २८ २०७९

  • 5.8K
    SHARES

  • ओलीको संकेतपछि गोकुल बासकोटाले भने, प्रदेश चाहिँदैन

    काठमाडौं - पछिल्लो समय नेपालमा संघीयता आवश्यक नभएको भन्दै खारेज गर्नुपर्ने आवाज उठिरहेको छ । प्रत्येक पार्टीमा संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।

    सोमबार मात्रै सम्पादकहरूसँगको अन्तरक्रियामा एमाले अध्यक्ष केपी ओलीले संघीयताबारे पुनर्विचार गर्नसकिने बताए । उनले संघीयता महँगो बन्दै गएको गुनासो आउन थालेको उल्लेख गरे ।

    पार्टी अध्यक्ष ओलीले संघीयताबारे पुनर्विचार गर्न सकिने बताएलगत्तै पूर्वमन्त्री एवं एमाले नेता गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय सभालाई राष्ट्रिय समावेशी सभा र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रको सभा बनाउनुपर्ने बताएका छन् ।

    उनले यो भन्दा अग्रगामी कदम अरू नहुनेसमेत बताएका छन् । मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बास्कोटाले संघीयता खारेज भयो भने खतमै हुने बताइरहेको भन्दै शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश नचाहिने बताएका छन् । ‘एक दुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो, यो गयो भने खतमै हुन्छ रे ।

    तर शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ? बरु राष्ट्रिय सभामा केही सिट थपेर राष्ट्रिय समावेशी सभा बनाऔ र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित मात्रको बनाऔं। अग्रगामी कदम नै यही हो,’ उनले लेखेका छन् ।

    बास्कोटा पहिलेदेखि नै संघीयता विरोधी नेताका रूपमा परिचित छन् । उनले प्रदेश खारेज गर्नुपर्ने आवान उठाउँदै आएका छन् । र, पार्टी अध्यक्ष ओलीलाई पनि त्यस्तै सुझाव दिने गरेका छन् । पछिल्लो समय प्रदेशको अकर्मण्यता हेर्दा खारेज नै गर्नुपर्ने जनआवाज पनि देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend