काठमाडौं। सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा दिनभर केन्द्रीय सदस्यहरूका कुरा सुनिरहेका देउवा केन्द्रीय सदस्य गुरु बरालले बोल्ने क्रममा आक्रोशित बने।
गुरुले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवा जंगिएका हुन्। बरालले कांग्रेसले सिंगल लडेर जित्ने क्षमता राख्नुपर्ने र त्यसको तयारी गर्नुपर्ने धारणा राखेका थिए। उनको भनाइ थियो, ‘आफ्नो एकता कायम गरौं, सिंगल लडौं। त्यसको तयारी गरौं।’
बराल बोल्दाबोल्दै सभापति देउवाले उनलाई रोके। आक्रोशित मुडमा पुगेका देउवाले भने, ‘उसो भए सिंगल लडेर जित्नु नि त!’ बराल देउवापक्षकै केन्द्रीय सदस्य हुन्। बैठक सोमबार पनि बस्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।