काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विदेश विभाग प्रमुख लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । उनले आजै परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।