काठमाडौं - जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। शुक्रवार बिहान साढे ११ बजे नारा सहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए।
हत्या प्रयासपछि अस्पताल पुर्याइएका आबेको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको बताइएको छ। प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमा आबेको शरीरबाट रगत धेरै बगेको देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
उनलाई नारा सहरकै एक अस्पताल लगिएको छ। टोकियोका पूर्वगभर्नर मासुजोइ योचीले ट्वीट गर्दै आबेको अवस्था निकै गम्भीर रहेको जानकारी दिएका हुन्।
उनले आबे ‘कार्डियोपुलमोनेरी अरेस्ट’को अवस्थामा रहेको उल्लेख गरेका छन्। सन् २०२० को अगस्तमा जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट बाहिरिने घोषणा गरेका थिए।
आफ्नो स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए। जापानमा व्यक्तिगत रुपमा बन्दुक राख्न प्रतिबन्धन लगाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।