आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन थापापछि कांग्रेस उपसभापति खड्काले पनि अर्थमन्त्रीको राजीनामा, शर्मामाथि छानबिन गर्नुपर्ने

गगन थापापछि कांग्रेस उपसभापति खड्काले पनि अर्थमन्त्रीको राजीनामा, शर्मामाथि छानबिन गर्नुपर्ने

  • मिडिया डबली
  • बुधवार, आषाढ २२ २०७९

  • 3.5K
    SHARES

  • गगन थापापछि कांग्रेस उपसभापति खड्काले पनि अर्थमन्त्रीको राजीनामा, शर्मामाथि छानबिन गर्नुपर्ने

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापापछि उपसभापति पूर्णबहादुर खड्काले पनि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् ।

    बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्मामाथि प्रश्न उठेकाले यसलाई समाधान गर्न संसदीय छानबिन समिति बनाएर वास्तविकता बाहिर ल्याउनुपर्ने उनको माग छ। यसअघि महामन्त्री थापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई हटाउन माग गरेका थिए।

    अर्थमन्त्री शर्मा आफैंले इमानदारीपूर्वक राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले हटाउनुपर्ने थापाको भनाइ थियो । बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट खड्काले पनि अर्थमन्त्री शर्माको राजीनामा माग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    ‘बजेट निर्माणको वेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ‚’ उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुंगा लगाउँ।’

    अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका वेला अनधिकृत व्यक्ति प्रवेश गरार्इ करका दर हेरफेर गरेको आरोप लागेको छ। त्यसैले बजेट निर्माणका वेलाको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने माग उठ्दै आएको छ।

    तर‚ अर्थ मन्त्रालयले त्यस वेलाको फुटेज मेटिएको जिकिर गरेको छ। त्यसपछि झन् शर्मामाथि जनआक्रोश बढेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले प्रा. पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, प्रा. गोविन्द पोखरेल र प्रा. पुष्प कँडेल पनि अर्थमन्त्री शर्मामाथि छानबिन गर्न माग गरेका छन्।

    पूर्वप्रधानन्याायाधीश सुशीला कार्की, डा.गोविन्द केसी, केदारभक्त माथेमालगायतले पनि अर्थमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १९ २०७८०७:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend