आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

जनार्दनकै कारण माओवादीको जनमत तीव्र ओरालो, गठबन्धन नभए १० सिट पनि नजित्ने

जनार्दनकै कारण माओवादीको जनमत तीव्र ओरालो, गठबन्धन नभए १० सिट पनि नजित्ने

  • मिडिया डबली
  • बुधवार, आषाढ २२ २०७९

  • 4.0K
    SHARES

  • जनार्दनकै कारण माओवादीको जनमत तीव्र ओरालो, गठबन्धन नभए १० सिट पनि नजित्ने

    काठमाडौं - २०७४ को आमनिर्वाचनमा माओवादी केन्द्रले एमालेसँग वाम तालमेल गर्दा प्रत्यक्षतर्फ ३५ सिट जितेको थियो ।

    समानुपातिक निर्वाचन प्रणालीका कारण १८ सिट थपिँदा ५३ सांसद पुगेका थिए । तर, अहिले माओवादीको जनमत तीव्र ओरालो लागिरहेको छ । पार्टीका सिनियर नेताहरू एमालेलगायत अन्य दलmमा आबद्ध भएकाले माओवादीको संगठन खस्किँदै गएको छ ।

    अझ यतिबेला अर्थमन्त्री जनार्दन शर्माका कारण सो पार्टीको साख जनतामा खट्दै गएको छ । गभर्नर निलम्बन, बजेटमा अनधिकृत व्यक्तिलाई सामेललगायतका कारण शर्मा विवादमा परेका छन् । अझ सिसिटिभी फुटेज डिलिट प्रकरणले त शर्मासँगै माओवादीको साखमा गम्भीर धक्का लागेको छ।

    यति धेरै कुरा बाहिर आइसकेपछि अर्थमन्त्री त ढिलोचाँडो जान्छन् । तर उनलाई जति धेरै दिन पदमा राख्यो उनको दल, गठबन्धनको भोट घट्ने र साख गिर्ने हो चेन इफेक्टले गर्दा ।

    यसले माओवादीले आगामी संसदको चुनावमा प्रत्यक्षमा गठबन्धन नभएमा लगभग १० सिट जित्ने देखिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा पाएको मतको आधारमा पहिलेको चुनावहरूसँग तुलना गर्दा यस्तो देखिएको हो ।

    गठबन्धन भएमा प्रत्यक्षमा मत नघटे पनि समानुपातिक मत घटाउन सक्छ । यसकारण सिट संख्या माओवादीले गुमाउने निश्चित छ । त्यसैले अहिले माओवादी अध्यक्ष प्रचण्ड विभिन्न धम्की र चेतावनी दिँदै गठबन्धन गर्न चाहिरहेका छन् ।

    माओवादीले गोरखा, रोल्पा, सल्यान, पश्चिम रुकुम र पूर्वरुकुम, हुम्ला, कञ्चनपुरबाट एक सिट जित्ने अनुमान गरिएको छ । प्रचण्डले चितवनमै चुनाव जित्न सक्ने सम्भावना धेरै कम रहेको बताइन्छ ।

    त्यसैले अहिले प्रचण्डको ध्यान बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायतलाई पार्टीमा सामेल गराउने रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend