आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपाबाट बाहिरिन लागेका बाबुरामले गरे नयाँ पार्टी खोल्ने खुलासा

जसपाबाट बाहिरिन लागेका बाबुरामले गरे नयाँ पार्टी खोल्ने खुलासा

  • मिडिया डबली
  • मंगलवार, आषाढ २१ २०७९

  • 3.9K
    SHARES

  • जसपाबाट बाहिरिन लागेका बाबुरामले गरे नयाँ पार्टी खोल्ने खुलासा

    काठमाडौं - जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले असार २७–२८ गते वीरगन्जमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

    सो बैठकमा बाबुरामलाई आमन्त्रण गरिएको छैन । केही समयअघि उपेन्द्र र बाबुरामबीच सल्लाहमै छुट्टिने सहमति भइसकेको छ । सोही कारण कार्यकारिणी समितिको बैठकमा बाबुरामलाई नबोलाइएको हो ।

    बाबुरामले पनि सोही दिन जसपाको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बोलाएका छन् । जसपामा अहिले उपेन्द्र बहुमतमा छन् । बाबुरामले बोलाएको केन्द्रीय समितिको बैठकमा जो जो उपस्थित हुनेछन्, उनीहरूलाई साथमा लिएर अलग हुने र नयाँ पार्टी खोल्ने मनस्थितिमा बाबुराम पुगेका छन् । जसको संकेत उनले मंगलबार गरेका छन् ।

    बाबुराम निकट नेताहरूका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ । आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर आफू निकटका मात्रै तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाएपछि जसपा नेपाल थप विवादमा भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

    ‘देशमा वैकल्पिक राजनीति र शक्तिको आवस्यकता÷औचित्य सिद्धिएको वा नभएको हैन, बरू बढेर गएको छ। साथै हामीले केही समययता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन।

    अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं । युगीन कार्यभार सजिलै÷छिटै पूरा हुन्नन्,’ बाबुरामले भनेका छन् । उनले केन्द्रीय समिति बैठकमा नयाँ पार्टीको प्रस्ताव गर्ने संकेत गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १३ २०८०११:२९:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend