काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विवेकशील र साझा पार्टी एकीकरण हुँदा भेडा भेडासँग र बाख्रा बाख्रासँग हुनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले साझा विवेकशील पार्टी पश्चगामी नभई अग्रगामी शक्तिहरूको ध्रुवीकरणमा बल पुगोस् भन्ने कामना गरेका छन् ।
उनले लेखेका छन्, ‘सबैतिर झैं राजनीतिमा पनि भेडा भेडासँग र बाख्रा बाख्रासँग हुनु स्वाभाविक र राम्रो कुरा हो । विवेकशील र साझा मिलेर विवेकशील साझा पार्टी बनेकोमा हार्दिक बधाई तथा शुभकामना ! पश्चगामी हैन अग्रगामी शक्तिहरूको ध्रुवीकरणमा बल पुगोस् भन्ने थप कामना ।’
बुधवार भर्चुअल माध्यमबाट साझा र विवेकशील पार्टी एकीकरणको घोषणा गरेका छन् । यसअघि समेत एकीकरण गरेका दुवै पार्टीमा विवाद भएपछि फुटेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।