काठमाडौं – सांसद रेशम चौधरी, लक्ष्मण चौधरी लगायतलाई उच्त अदालतले टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनायो। रेशम चौधरीलगायतलाई जेलमुक्त गर्न सबैभन्दा कसैले आवाज उठायो भने त्यो पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइले नै उठायो।
उनै बाबुरामले अदालतले जन्मकैदको फैसला सार्वजनिक भएसँगै मध्यरातमा सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायत नेपालको सम्भवतः सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनः दोषी ठहर गर्नु अत्यन्त दुःखद भएको टिप्पणी गरेका छन् ।
झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहको चाहिँ अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक भएको उनले मध्यरातमा सामाजिक संजालमार्फत प्रतिक्रिया दिएका छन् । उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाइॅ एकदिन अवश्य विजयी हुने उनको भनाइ छ ।
‘यथास्थितिको रक्षार्थ कानून र अदालत बन्छन्।अतःउत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन! विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो! यो अन्याय सैह्य छैन।थारू नायकहरूलाई सलाम!’ उनले ट्वीटरमा लेखेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।