काठमाडौं - आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादवलाई सिफारिस गरेका छन् ।
यसअघि भौतिक पूर्वाधारमा रेणु यादव, कृषिमा महेन्द्र यादव राय र वनमन्त्री रामसहायप्रसाद यादव थिए । आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएका हुन् ।
सम्भवतः नयाँ तीन मन्त्रीको आजै सपथ हुनेछ । तर, उपेन्द्रले सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाएनन् । जसपालाई विभाजनबाट रोक्न सकिन्छ कि भन्ने उद्देश्यले उपेन्द्रले डा.बाबुराम भट्टराईको मन बुझाउन श्रेष्ठलाई फिर्ता नबोलाएको स्रोतले बतायो ।
यसअघि उपेन्द्रले सामान्य प्रशासनमन्त्रीमा अशोक राईकी श्रीमती सुशीला श्रेष्ठलाई सिफारिस गरेको समाचार बाहिर आएको थियो । जसपाको केन्द्रीय कारिणी समितिमा आफू अल्पमतमा परेपछि बाबुराम भट्टराई सहमतिमै अलग्गिन तयार भएका छन् ।
तर, जसपाका केही नेता भने पार्टीलाई फुटबाट जोगाउन लागिपरेका छन् । सोही कारण महेन्द्र यादवले आफू मन्त्री पद त्याग्न तयार रहेको, तर पार्टीलाई विभाजन हुन नदिने बताइसकेका छन् । त्यसैले केही समयका लागि जसपा विभाजन रोकिने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।