आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली नेपालको सद्दाम हुसेन बन्न खोजे : बाबुराम भट्टराई

केपी ओली नेपालको सद्दाम हुसेन बन्न खोजे : बाबुराम भट्टराई

  • मिडिया डबली
  • बुधवार, चैत्र ४ २०७७

  • 6.0K
    SHARES

  • केपी ओली नेपालको सद्दाम हुसेन बन्न खोजे : बाबुराम भट्टराई

    काठमाडौं - पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको रवैया हेर्दा आफैँ हट्ने कुनै छाँटकाँट नदेखिएको बताएका छन् ।

    उनले ओली नेपालको सद्दाम हुसेन बन्न खोजेको पनि आरोप लगाएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीलाई सरकारबाट बिदाइ गर्न ढिला गर्नु नहुने उल्लेख गरेका छन् ।

    बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले प्रधानमन्त्री ओलीले राज्यका सम्पूर्ण अंग र स्रोतसाधानमाथि कब्जा जमाएको आरोप लगाउँदै छिटो सरकारबाट बिदाइ नगरे इतिहासले माफ नगर्ने बताएका छन् ।

    ‘राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र रसंविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है,’ बाबुरामले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १३ २०८०११:२९:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend